तरकारी र फलफूलमा भ्याट लगाउने नीति खारेज गर्न माग « Khabarhub

तरकारी र फलफूलमा भ्याट लगाउने नीति खारेज गर्न माग


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रशित भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन् ।

ती संस्थाले उपभोक्तालाई आर्थिक भार पर्ने नीतिको विरोध गर्दै हाल आलुप्याजलगायतका सामानको आयातमा भन्सार बिन्दुमै नौ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर एक दशमलव पाँच र १३ प्रतिशत भ्याट थप हुँदा यस्ता वस्तुमा २३ दशमलव पाँच प्रतिशत कर लाग्ने भएको जनाएका छन् ।

सरकारको नीति तथा कार्यक्रम, बढ्दो महँगी, अनियन्त्रित बजार र उपभोक्ता अधिकारका विषयमा आज पत्रकार भेटघाट गरी ती संस्थाले बजार अनुगमनका लागि तिनै तहका सरकारबीचका संयन्त्रलाई प्रभावकारी बनाउन माग गरेका छन् ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँ, राष्ट्रिय उपभोक्ता मञ्चका उपाध्यक्ष पुष्पराम पौडेल र उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाद्वारा प्रेस विज्ञप्तिमा कृत्रिम अभाव, मूल्यवृद्धि, एकाधिकार र ‘कार्टेलिङ’ गरी गुणस्तरहिन वस्तु र सेवाको बिक्री, भ्रमपूर्ण विज्ञापन, मूल्य र नापतौल ठगी तथा स्वच्छ प्रतिस्पर्धाविरुद्धका कार्यलाई कडाइका साथ नियन्त्रण गर्न माग गरिएको छ ।

विज्ञप्तिमा उपभोक्ताको गुनासो चौबीसै घन्टा सुनुवाइ हुनेगरि बजार अनुगमनको कार्यलाई दैनिक निरन्तर र प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  १ : ०९ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको