लागूऔषधसहित दुई जना पक्राउ  « Khabarhub

लागूऔषधसहित दुई जना पक्राउ 


७ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला– प्रहरीले लागूऔषधसहित दुई जनालाई  पक्राउ गरेको छ । तिला गाउँपालिका-२ घर भई हाल चन्दननाथ नगरपालिका-४ भारतीवाडा डेरा गरी बस्ने २६ वर्षीय प्रकाश बोहरा र कनकसुन्दरी गाउँपालिका-२ बस्ने २३ वर्षीय खुम बहादुर रावतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले प्रकाश बोहराको कोठा तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

साथै थप अनुसन्धानको क्रममा उनीहरूले उक्त लागूऔषध  चन्दननाथ नगरपालिका-५ बस्ने २२ वर्षीय मनोज सुनारबाट किनि ल्याएको खुल्न आएपछि मनोज सुनारलाई समेत प्रहरीले पक्राउ गरेको  छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ५ : ४७ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको