लम्पी स्किन रोगका कारण २१ हजार गाईवस्तुको मृत्यु « Khabarhub

लम्पी स्किन रोगका कारण २१ हजार गाईवस्तुको मृत्यु


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण हालसम्म २१ हजार पशु मरेको पशु विभागले जानकारी दिएको छ । विभागका अनुसार हालसम्म सातै प्रदेशमा तीन लाख १९ हजार तीन सय १४ हजार पशु चौपाय निको भएका छन् ।

हालसम्म पाँच लाख ५५ हजार चार सय पशु सङ्क्रमित भएको र त्यसमध्ये एक लाख नौ हजार छ सय ६७ पशुमा खोप लगाइएको छ । हाल दुई लाख १५ हजार पशु यो रोगको सङ्क्रमणमा छन् ।

विभागले रोग नियन्त्रणका लागि पशुपक्षी अन्वेषण तथा नियन्त्रण महाशाखाका प्रमुख डा वरुणकुमार शर्माको संयोजकत्व र सातै प्रदेशसँगको समन्वयमा एलएसडी कन्ट्रोल रुम स्थापना गरी काम गरिरहेको छ ।

लम्पी स्किन नेपालमा देखापर्न साथ कृषि तथा पुशपक्षी विकासमन्त्री डा बेदुराम भुसालको निर्देशनमा सातै प्रदेशमा मन्त्रालयबाट सहसचिवको नेतृत्वमा टोली खटाइएको छ । उक्त टोलीले प्रदेशका विभाग र स्थानीय तहसँग सहकार्य गरेर काम अगाडि बढाएका छन् ।

सहसचिव नेतृत्वको टोलीका अनुसार मुलुकभर लम्पी स्किन रोग क्रमिकरूपमा नियन्त्रण उन्मुख रहेकाले चिन्तामा नरहन पशुपालक किसानलाई आग्रह गरिएको छ । जुन ठाउँमा रोगको सङ्क्रमण फैलिएको छ उक्त स्थानका किसानले प्रदेशस्तरमा गठन भएको कन्ट्रोल रुममा सूचना तथा जानकारी दिनसक्ने व्यवस्था गरिएको छ ।

लम्पी स्किन रोकथामका आवश्यक तयारीका साथ सातै प्रदेशमा टोली खटाएर काम अगाडि बढाएको पशु सेवा विभागका महानिर्देशक डा सम्झना काफ्लेले बताए । हाल विभागले पशु सेवा विभाग र अन्तर्गतका सहसचिवले नेतृत्व गर्ने गरी सातवटै प्रदेशमा टोली खटाएको छ ।

विभागका अनुसार असार ५ गते सुदूरपश्चिम प्रदेशमा विभागका उपमहानिर्देशक डा वरुणकुमार शर्मा, कर्णाली प्रदेशमा उपमहानिर्देशक डा प्रेरणा सेढाईँको नेतृत्वमा लम्पी स्किन रोगको रोकथाम, नियन्त्रण तथा समन्वय टोली खटाइएको छ ।

लम्पी स्किन रोग सम्बन्धमा बारम्बार सोधिने प्रश्नहरूको उत्तरसहितको सामग्री तयार गरिएको छ । साथै उक्त रोगको रोकथाम तथा नियन्त्रण गर्न स्थानीय तहअनुसार अनुमानित पशु सङ्ख्या, रोगको जोखिममा रहेका पशु सङ्ख्या र लम्पी स्किन रोगविरुद्धको खोप लगाउनुपर्ने अनुमानित पशु सङ्ख्याको विवरण विभागमा उपलब्ध गराउन प्रदेशस्थित पशु सेवा हेर्ने सातवटै मन्त्रालयहरूलाई निर्देशन दिइएको छ ।

आवश्यक बजेट नहुँदा भ्याक्सिन खरिदमा समस्या परिरहेका बेला मन्त्रायलले आवश्यक बजेटको प्रबन्ध मिलाएर काम अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ८ : ३३ बजे

सरुवा भएका कर्मचारी कार्यालय नपुगे कारबाही गर्ने सामान्य प्रशासन मन्त्रालयको चेतावनी

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल वैशाख १६ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १६ गते बुधबार। वैशाख

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १६ गते बुधबार। वैशाख

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा