स्वास्थ्य क्षेत्र सुधार गर्न समय लाग्दैन : मन्त्री बस्नेत « Khabarhub

स्वास्थ्य क्षेत्र सुधार गर्न समय लाग्दैन : मन्त्री बस्नेत


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले इमान्दारिताका साथ काम गर्ने हो भने स्वास्थ्य क्षेत्रमा सुधार गर्न समय नलाग्ने बताएका छन्। मन्त्रालयले आज नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गरेको कार्यक्रममा उनले इमान्दारिताका साथ काम गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सकिने बताए ।

उनले सर्वेक्षणले केही स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गइरहेको देखाएको भन्दै इमान्दारिताका साथ काम गर्ने हो भने स्वास्थ्य क्षेत्रमा सोचेजस्तो सुधार हुने बताए । उनले सर्वेक्षणले मातृ मृत्युदर घटाउन सफल भएको र बाल मृत्युदर पनि घटाउने प्रयास देखिएको बताए ।

मन्त्री बस्नेतले मन्त्रालयले नयाँ–नयाँ काम गरिरहेको उल्लेख गर्दै आजदेखि वीर अस्पतालमा क्याविनबाहेकका शय्या निःशुल्क गरिएको जानकारी दिए । उनले पुरानो अस्पताललाई जनताको अस्पताल बनाउनका लागि निःशुल्क गरिएको बताए ।

मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा लगाइने कर बढाउने तयारी गरिएकोसमेत बताए । सुर्तीजन्य पदार्थमा बढेको करबाट गरिबी, असहाय बिरामीको उपचार गर्ने उनको भनाइ रहेको छ ।

यस्तै उनले बाढी, पहिरोजस्ता आकस्मिक अवस्थामा उपचार गर्नका लागि आकस्मिक कोष स्थापना आवश्यक रहेको बताए । सरकारले राम्रो कार्ययोजना, रणनीति बनाउन सके दातृ निकायले नेपाललाई सहयोग गर्नेसमेत बताए ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति कालुराम राईले मन्त्रालयले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अग्रसर हुनुपर्ने बताए । उनले समितिले मन्त्रालयका काम–कारबाहीलाई नजिकबाट हेरेर आवश्यक सुझावसमेत दिने बताए ।

सर्वेक्षण २०२२ प्रस्तुत गर्दै मन्त्रालयका नीति तथा योजना महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले सर्वेक्षणमा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि भएको देखिए पनि स्वास्थ्यका केही क्षेत्र अझ पनि स्थिर रहेको र तिनलाई पूरा गर्ने प्रयास गर्नुपर्ने बताए।

उनका अनुसार सर्वेक्षणको नतिजाले नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको देखिएको छ । सर्वेक्षणमा ९४ प्रतिशत गर्भवती महिला दक्ष स्वास्थ्यकर्मीबाट गर्भवती सेवा लिएका छन् । यस्तै पाँच वर्षमुनिका बाल मृत्युदर घटेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : १३ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद