आज देशभर पानी पर्ने, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने | Khabarhub Khabarhub

आज देशभर पानी पर्ने, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर पानी पर्ने सम्भावना रहेको जनाएको छ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

महाशाखाका अनुसार हाल कर्णाली प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती भने देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशभर सामान्य बदली रही मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशहरूका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेश, बागमती ,गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

भारी वर्षा र मेघ गर्जन चट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।

 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ६ : २३ बजे

अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः राष्ट्रपति सी

बेइजिङ – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिका र चीनबीचको सम्बन्धको

माधव नेपालले भने : राष्ट्रलाई हानी हुने काम गरेको छैन

रौतहट – नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

मुलुच्का उठाएर सहकारीको कोठा खाली गराउन कठिन छ : उपमेयर डंगोल

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मुलुच्का उठाएर सहकारीको कोठा

लुम्बिनीमा प्रदेशमा आगामी तीन वर्षमा रू १० अर्ब राजस्व सङ्कलनको प्रक्षेपण

लुम्बिनी – लुम्बिनी प्रदेशको आन्तरिक राजस्व सङ्कलन तीन वर्षभित्र रू

विश्व वातावरण दिवस : नेपाल कोइला बहिर्गमन कार्यक्रम घोषणा

ललितपुर – साथसाथै फाउन्डेसन र काठमाडौँ विश्वविद्यालयको संयुक्त पहलमा नेपाल