रुसी सैन्य नेतृत्वविरुद्ध वाग्नर समूहको विद्रोह सुरु, ‘धोका’ भएको पुटिनको भनाइ | Khabarhub Khabarhub

रुसी सैन्य नेतृत्वविरुद्ध वाग्नर समूहको विद्रोह सुरु, ‘धोका’ भएको पुटिनको भनाइ


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसको भाडाका सैनिक तैनाथ गर्ने निजी कम्पनी वाग्नर समूहले सैन्य विद्रोह सुरु गरेको छ । वाग्नर समूहले रुसको दक्षिणी सैन्य जिल्लामा विद्रोह सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीले जनाएअनुसार वाग्नर समूहका प्रमुख गेभ्गेनी प्रिगोजिनले आफ्ना लडाकुहरुले युक्रेनी सीमा पार गरी रुस प्रवेश गरेको घोषणा गरेका छन् ।

हाल वाग्नर समूहका भाडाका लडाकुहरुले रुसको दक्षिणी सहर रोस्टोभ अन डोनलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाइएको छ । प्रिगोजिनले आफ्नो बाटो रोक्न खोज्ने जो कसैलाई पनि आफ्ना लडाकुले ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।

सैन्य विद्रोह जारी रहेको रुसी भूभागका गभर्नरले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेका छन् । वाग्नर समूहले युक्रेनमा जारी रुसी आक्रमणमा महत्वपूर्ण भूमिका निवाह गर्दै आएको छ ।

यद्यपि पछिल्लो समय वाग्नर समूहका प्रमुख प्रिगोजिनले रुसी सैन्य नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गर्दै आएका छन् ।

यता, रूसी सेनाले मुलुकको सैन्य नेतृत्वविरुद्ध जारी विद्रोह गर्न रोक्न वाग्नर समूहका भाडाका लडाकुको ‘सुरक्षाको ग्यारेन्टी’ गर्ने बताएको छ ।

प्रिगोजिनको ‘आपराधिक उद्यम’ र सशस्त्र विद्रोहमा भाग लिएकोमा धोका दिइएको भन्दै रुसी सेनाले भाडाका लडाकुलाई स्थायी तैनथीका स्थानमा फर्कन आह्वान गरेको छ ।

यसअघि रुसी राष्ट्रपचि भ्लादिमिर पुटिनले सैन्य विद्रोहलाई ‘धोका’ को संज्ञा दिँदै रुसको रक्षामा आफू दृढ रहेको जनाएका थिए ।-

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ३ : ५४ बजे

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन

चितवन- नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

भद्रपुर– यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा

निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो : गृहमन्त्री 

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि

एमाले बैठकमा नवीना लामाले भनिन् : हामी साँच्चिकै खोक्रो राष्ट्रवादमा अल्झिएका रहेछौँ

काठमाडौं– नेकपा एमालेकी केन्द्रीय सदस्य नविना लामाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको

भारतबाहेक ११ देशबाट राजदूत फिर्ता बोलायो सरकारले

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभिन्न ११ देशमा रहेका