आईसीसी विश्वकप छनोट : नेपालद्वारा नेदरल्याण्ड्ससामु १ सय ६८ रनको लक्ष्य प्रस्तुत | Khabarhub Khabarhub

आईसीसी विश्वकप छनोट : नेपालद्वारा नेदरल्याण्ड्ससामु १ सय ६८ रनको लक्ष्य प्रस्तुत


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालले नेदरल्याण्ड्ससामु १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिङ्गा स्पोर्ट्स  क्लबमा जारी खेलमा नेपालले ४४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ६७ रन बनाएपछि नेदरल्याण्ड्सले १ सय ६८ रनको लक्ष्य पाएको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । ५५ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यसैगरी, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २७ रन जोडे ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा डच टोलीका लोगन भान बिकले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी, बज डेलिड र विक्रमजीत सिंहले समान २ विकेट लिए ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ४ : १० बजे

राति नाभिमा तेल हालेर सुत्नुहोस्, हुन्छन् यस्ता फाइदा

काठमाडौं- आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण

चीनको खुद्रा बिक्रीमा वृद्धि : ५० ट्रिलियन यूआन पुग्ने अनुमान

बेइजिङ– चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार,

इनरुवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित जन्ताचोकमा शुक्रबार सवारी दुर्घटना

भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाएको छ : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भाषाभाषीबीचको विविधताले

सालासुङ्गी हाइड्रोपावरका एक मजदुर मृत फेला

रसुवा– उत्तरी रसुवास्थित आमाछोदिङ्मो गापा–५ को सालासुङ्गी हाइड्रोपावरमा काम गर्ने