झापा आन्दोलनको जगमा नै अहिलेको परिवर्तन सम्भव भएको हो : ओली | Khabarhub Khabarhub

झापा आन्दोलनको जगमा नै अहिलेको परिवर्तन सम्भव भएको हो : ओली


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनको जगमा नै अहिलेको परिवर्तन सम्भव भएको बताएका छन् ।

आइतबार काठमाडौंमा केशवप्रसाड वडालद्वारा लिखित पुस्तक सिंहावलोकन लोकार्पण गर्दै अध्यक्ष ओलीले झापा आन्दोलनको मर्म र उद्देश्य सही भएकैले अन्य आन्दोलन सम्भव भएको दाबी गरेका हुन् ।

सामन्तीविरुद्ध तमसुक च्यात्ने झापा आन्दोलनको मर्म वर्गीय विभेद विरुद्ध भएकैले २०४६ सालमा तानासाही राजतन्त्र विरुद्धको आन्दोलन पनि सम्भव भएको ओलीको तर्क थियो । ओलीले गणतन्त्र प्राप्तिका लागि २०६२ सालमा भएको आन्दोलन पनि झापा आन्दोलनकै श्रृंखलाका रुपमा रहेका उल्लेख गरे।

अध्यक्ष ओलीले देशभित्र भएका आन्दोलनमा छिमेकीको नियतीले पनि प्रभाव पारेकाले आन्दोलन कमजोर भएको स्विकार्नु पर्ने बताए । २००७ सालको क्रान्ति होस् या अन्य क्रान्तिमा उठाइएका हतियार कहाबाट कहाबाट ल्याइए ? भन्ने प्रश्नले पनि नेपालको आन्दोलन कहि न कहिबाट प्रभावित थियो भन्ने पुष्टि गर्ने ओलीको भनाई छ । त्यस्तै अध्यक्ष ओलीले विदेशी शक्तिको आडमा पार्टी फुटाउनेहरुको हबिगत पनि देखिन थालेको भन्दै चोइटिएर जानेहरुको अस्तित्व नै समाप्त हुन लागेको आरोप लगाए ।

आन्दोलन भित्र कहिलेकाही रोग लाग्ने भन्दै अध्यक्ष ओलीले रोग लाग्दैमा आन्दोलन नमर्ने जिकिर गरे । आन्दोलनमा रोग लागेका बेला कतिपयले आफुहरुलाई कम्युनिष्ट नभनेको पनि बताए।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ८ : ३१ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित