संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा छ : नेता कोइराला « Khabarhub

संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा छ : नेता कोइराला


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौँ शाखाको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मेवारी सञ्चारकर्मीको काँधमा भएको बताए ।

“संविधानको रक्षाका लागि पत्रकारहरु लाग्नुहोस्”, उनले भने । उनले कांग्रेस पछिल्लो समय छियाछिया भएको भन्दै यसलाई पुनर्जीवन दिन लाग्नुपर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लामो समयदेखि कांग्रेसको केन्द्रीय समितिको बैठक बस्न नसकेको भन्दै अविलम्ब केन्द्रीय समितिको बैठक बोलाउन नेतृत्वलाई आग्रह गरे । उनले प्रेस स्वतन्त्रताको पक्षमा उभिन प्रेस युनियनकर्मीलाई आग्रह गरे ।

नेपाली कांग्रेस सङ्खुवासभाका सभापति एवम् सांसद दीपक खड्काले सञ्चारकर्मीले समाजलाई सकारात्मक सन्देश दिन आग्रह गरे । उनले समाज परिवर्तनमा सञ्चारकर्मीको ठूलो योगदान रहेको उल्लेख गरे ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस युनियनलाई चुस्त, दुरुस्त र श्रमजीवीको सङ्गठन बनाउनका लागि सबै पत्रकार लाग्नुपर्ने बताए ।

नेपाल प्रेस युनियन काठमाडौँका कार्यवाहक अध्यक्ष अच्युत रेग्मीले प्रेस युनियनलाई बलियो बनाउँदै नेपाल पत्रकार महासङ्घको निर्वाचनमा लोकतन्त्रवादी पत्रकारको प्रतिनिधित्व गराउन सबै लाग्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १० : २२ बजे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव