अनलाइन जुवा खेलाउने  ४ जना पक्राउ  | Khabarhub Khabarhub

अनलाइन जुवा खेलाउने  ४ जना पक्राउ 


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनलाइनमार्फत् जुवा खेलाउने ४ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा बसोबास गर्ने उनीहरुले विभिन्न अनलाइन गेमहरूमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई सट्टेबाजी खेल खेलाउने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँका कलंकी, ठमेल र बालाजु हाइटलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं- ९ घर भएका २४ वर्षीय छोरा राजा चौधरी, सोही उपमहानगरपालिका वडा नं- ८ घर भएका रन्हु चौधरीका २५ वर्षीय छोरा विवेक चौधरी, काठमाडौँ महानगरपालिका वडा नं- २६  ठमेल बस्ने बर्ष २५ वर्षीय  रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका वडा नं- २ घर भएका चेतमान गुरुङको २४ वर्षीय छोरी आशा गुरुङ  रहेका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ७ : १८ बजे

हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेकी छन्

फिल्म ‘रातो पासपोर्ट’ निर्माण घोषणा, पोर्चुगलको थिममा टाइटल पोस्टर

काठमाडौं – सिबर्डस् पिक्चर्स र होप्स बजले ट्राइडेन्ट कन्सेप्टसँग सहकार्य

स्कटल्यान्डले गुमायो पाचौँ विकेट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले

‘अर्थमन्त्रीज्यू ! डेड हर्स थ्यौरीतिर नलागौँ’

अङ्ग्रेजीमा ‘डेड हर्स थ्यौरी’ भन्ने एउटा मेटाफर (रूपक) छ, जसमा

आईपीओ निष्कासनमा चलखेलको खबरपछि मिडियामाथि खनिए सेबोन कर्मचारी

काठमाडौँ –नेपाल धितोपत्र बोर्ड (सेबोन)को ३३औँ वार्षिकोत्सव अवसरमा ललितपुरस्थित होटल