कांग्रेस बलियो भए लोकतन्त्र संस्थागत हुन्छ : बद्री पाण्डे | Khabarhub Khabarhub

कांग्रेस बलियो भए लोकतन्त्र संस्थागत हुन्छ : बद्री पाण्डे


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनुपर्ने बताएका छन् । 

बैतडी सदरमुकाममा कार्यकतासँगको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई बलियो बनाए मात्रै लोकतन्त्रको संस्थागत विकास हुने दाबी गरे ।

उनले भने, ‘जनताको पक्षमा काम गर्न सक्ने पार्टी कांग्रेस नै हो । त्यसैले लोकतन्त्रको संस्थागत विकास र देश विकासका लागि कांग्रेस बलियो हुनुपर्छ ।’

सहमहामन्त्री पाण्डेले कांग्रेस पार्टीभित्र देखिएका कमजोरी र समस्या हटाई तल्लो तहदेखि नै बलियो कांग्रेस बनाउनुपर्नेमा जोड दिए ।  उनले भने, ‘पार्टीभित्र रहेका समस्या, कमी कमजोरी हटाएर सबैले कांग्रेस बलियो बनाउन लाग्नुपर्छ ।’

अन्तरक्रियामा नेपाली कांग्रेस बैतडीका उपसभापति खगेन्द्रसिंह धामी, पूर्वजिल्ला सभापति नरेन्द्रसिंह थापा, जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द, जिल्ला सहसचिव दीपेन्द्रबहादुर चन्दलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ९ : ५७ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कप : पाकिस्तान सुपर फोरमा, यूएई समूह चरणबाट बाहिरियो

काठमाडौं – पाकिस्तान एसिया कप क्रिकेटको सुपर फोरमा पुगेको छ

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज २ गते बिहीबार। आश्विन

आज २०८२ साल असोज २ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज २ गते बिहीबार। आश्विन

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र