उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान | Khabarhub Khabarhub

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन्। मंगलबार राति ११:२० उडानमार्फत उनी चीनको छेन्दु प्रस्थान गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री श्रेष्ठलाई सकारका उच्च अधिकारी र सुरक्षा निकायका प्रमुखले बिदाई गरेका हुन्।

बुधबार उनी पश्चिमी चीन अन्तराष्ट्रिय मेलाको स्वागत भोजमा सहभागी हुने कार्यतालिकामा छ। उक्त मेलाको उद्घाटन गरी दिउँदो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

त्यही दिन साँझ चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रीभोजको आयोजना गरिने छ। उनले शुक्रबार सिचुवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्नेछन्। उनले त्यहाँ अध्ययनरत चिनियाँ, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि उनले विश्वविद्यालयको हाइड्रोलिक्स र माउन्ट रिभर इन्जिनियरिङ प्रयोगशालाको अवलोकन गर्ने तालिका छ। शनिबार भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित हाइड्रो जक्सन, दुजियाङ्गानस्थित चीनकै पुरानो सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत उनी स्वदेश फर्किने छन्। उपप्रधानमन्त्री सहितको भ्रमण प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायत रहेका छन्।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ५ : ४८ बजे

सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति

एमाले प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवार दिइन्छ: शंकर पोखरेल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश

सर्वोत्कृष्ट वैज्ञानिकको सूचीमा परे नेपालमै कार्यरत ३१ जना

ललितपुर– विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरू

उत्तरी गोरखाबाट सुत्केरी र शिशुको उद्धार

गोरखा – उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको

महाधिवेशनको मितिले कांग्रेसमा भाँडभैलो

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति