अर्थतन्त्र सुधारको बाटोमा लागेको छ : प्रधानमन्त्री  | Khabarhub Khabarhub

अर्थतन्त्र सुधारको बाटोमा लागेको छ : प्रधानमन्त्री 


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र अब सुधारको बाटोमा लागेको बताएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका कार्यालयको विनियोजनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । 

उनले भने, ‘संसद्ले सरकारको नेतृत्व दिँदै गर्दा देश गम्भीर आर्थिक संकटमा थियो । एउटा भाष्य बनेको थियो आम रूपमा कि नेपालको नियति श्रीलंकाको जस्तै हुने भयो । यो भाष्य बौद्धिक वर्गमा मात्रै सीमित थिएन, आम नागरिकसम्म पुगेको थियो । टीभी र मोबाइलका स्क्रिनहरूमा छाइरहेको श्रीलंकाको तस्बिरले देशलाई आशंकित र त्रसित बनाएको थियो । श्रीलंकाको दुःश्वप्नबाट जागिसकेको छ । यसबीचमा अर्थतन्त्र केही जागेको छ ।’

प्रधानमन्त्री दाहालले अर्थतन्त्र जाग्नु सरकारको मात्रै नभई राष्ट्रकै उपलब्ध रहेको बताए । 

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १२ : ४२ बजे

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई

पश्चिम नेपालमा ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं – बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी