नक्कली शरणार्थी र ललिता निवास प्रकरण अनुसन्धानले जनतामा विश्वास जाग्यो : प्रधानमन्त्री  | Khabarhub Khabarhub

नक्कली शरणार्थी र ललिता निवास प्रकरण अनुसन्धानले जनतामा विश्वास जाग्यो : प्रधानमन्त्री 


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा भएको अनुसन्धान र कारबाहीले जनतामा विश्वास जागेको दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगसहितका शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री दाहालले यसले कानुनको सर्वोच्चता मात्र नभएर लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको उल्लेख गरे ।

उनले शरणार्थी प्रकरणपछि ललिता निवास प्रकरणमा भइरहेको छानबिन लोकतन्त्रको सर्भिसिङशुद्धीकरणको एउटा रूप भएको बताए ।

उनले यस्ता विकृति विरुद्धको लडाइँ यतिकैमा नरोकिने उल्लेख गर्दै प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्तहरू पक्राउ पर्न थालेको बताए ।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा जनतामा राज्य र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो, त्यसमा अहिले सुधार भएको जिकिर गरे ।

हाइ प्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको उनको दाबी थियो ।

उनले मिटर ब्याजी र सहकारीका ठगहरूमाथि करवाही सुरु भइसकेको बताए ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १२ : ४९ बजे

सुदूरपश्चिममा थप चार जनामा कोरोना सङ्क्रमण

कन्चनपुर – सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा

आगलागीबाट भएको क्षति निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे संस्कृतिमन्त्री पाण्डे

बाजुरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले

सशस्त्र प्रहरीद्वारा कुखुराका चल्ला बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले छिमेकी मुलुक भारतबाट अवैध तस्करी

सप्तरी-सिरहा सडकको नयाँ ट्रयाक खुल्दै

गोलबजार– सडक डिभिजन कार्यालय लहानले सप्तरीको कल्याणपुर बजार हुँदै उदयपुरको

कांग्रेस कार्यकर्ताको प्रश्नः समयमै अधिवेशन किन हुँदैन ? शेखरले भने– पदाधिकारीलाई सोध्नुस्

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेता–कार्यकर्ताहरूलाई केन्द्रीय