रासायनिक मल अभाव हुन दिनेछैन : प्रधानमन्त्री | Khabarhub Khabarhub

रासायनिक मल अभाव हुन दिनेछैन : प्रधानमन्त्री


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको अभाव हुन नदिने बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक रासायनिक मलको अभाव हटाएको भन्दै अब अभाव हुन नदिने बताएका हुन् । 

मल वितरणमा बेथिति रहेको भन्ने सांसदहरुले उठाएको जिज्ञासाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षका लागि मल अभाव हुन नदिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए । साथै देशमै रासायनिक मल उद्योग खोल्नका लागि लगानी बोर्डले अध्ययन गरिरहेको उनको भनाइ छ । 

‘पछिल्ला निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन्। मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए तर परिस्थिति उही रह्यो । मैले विश्वासको मत लिँदै गर्दा सम्मानित संसद्‌मा प्रतिबद्धता जनाएको थिएँ, अब मलको हाहाकार हुन दिइने छैन । त्यो प्रतिबद्धता पूरा भएको र यस आर्थिक वर्षमा साढे अठहत्तर हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्चित भएको छ। यसबाहेक १ लाख ९५ हजार ९ सय मेट्रिक टन रासायनिक मल आयात भई १ लाख ४५ हजार ९ सय मेट्रिक टन मल अनुदानित मूल्यमा वितरण नै भइसकेको छ । आगामी आर्थिक वर्षका लागि पनि समयमै रासायनिक मल व्यवस्थापन गर्न ३० अर्ब रकम विनियोजन गरिएको छ । देशमै मल कारखाना खोल्न लगानी बोर्डले अध्ययन सुरु गरिसकेको छ भने भर्खरैको भारत भ्रमणका क्रममा पनि मैले यो विषय उठाएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १ : २७ बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी