कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने | Khabarhub Khabarhub

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

विश्वासको मतका लागि प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।

कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल रहेको छ । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकार माथि विश्वासको संकट उत्पन्न भए पछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् । 

एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेका छन् ।  राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ । 

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकारको समर्थन जोगाइ राख्न मुख्यमन्त्री कार्कीलाई ४७ सांसदको समर्थन आवश्यक पर्दछ । बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।

मुख्यमन्त्री कार्कीले प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेपालले विश्वासको मत दिने आशा राखेको छ । जसपासँग एक मत रहेको छ ।

जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा विश्वासको मत पाउने अपेक्षा गरेको हो ।

हाल कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका (सभामुखसहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् । 

अहिले कोशी प्रदेशमा विपक्षी गठबन्धनमा रहेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासँगसँग सभामुखसहित ४७ सांसद छन् । मतदानको क्रममा बराबरी मत आए सभामुखको मत निर्णायक हुनेछ ।

 

 

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ६ : ३८ बजे

भैंसीको शिकार गर्न पुगेका अमेरिकी करोडपतिको भैंसीले नै हानेर ज्यान गयो

केपटाउन– दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा शिकारको क्रममा अमेरिकी करोडपति एवम्

नेप्से १८ अंकले बढ्यो, कारोबार कति ? 

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३० अंकले बढेको छ ।

सांसदहरूद्वारा पशुपति क्षेत्रको निरीक्षण

काठमाडौं– प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बिहीबार पशुपतिनाथ क्षेत्रको

‘माग्ने राजा’को ट्रेलर : मिस पबी एक सेकेन्ड झुलुक्क, पज नगरी चिन्नै गाह्रो !

काठमाडौं – फिल्म ‘माग्ने राजा’ मा अनुबन्ध भएदेखि टिकटकर मिस

नेपालबाट एक वर्षमै साढे १७ अर्बको बिजुली निर्यात

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको नेतृत्वमा सरकारले वैदेशिक बजारमा