भारतले चन्द्रयान–३ जुलाई १३ मा प्रक्षेपण गर्ने « Khabarhub

भारतले चन्द्रयान–३ जुलाई १३ मा प्रक्षेपण गर्ने


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बहुप्रतिक्षित चन्द्रमा मिशन चन्द्रयान– ३ को प्रक्षेपणका लागि मिति तय गरेको छ । इसरोका अधिकारीहरूले चन्द्रयान जुलाई १३ मा दिउँसो २ः३० मा प्रक्षेपण गरिन लागेको जनाएका छन्।

इसरो प्रमुख एस सोमनाथले भने, ‘अहिले चन्द्रयान–३ अन्तरिक्ष यान पूर्ण रूपमा तयार छ । हामीले परीक्षण पूरा गरिसकेका छौं । हामी अब रकेटको तयारी गर्दैछौँ ।’ उनले चन्द्रयान–३ मा रकेट जडान गरी प्रक्षेपण गरिने बताए ।

अधिकारीहरुका अनुसार चन्द्रयान–३ लाई आन्ध्र प्रदेशको श्रीहरि कोटास्थित सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण वाहन मार्क–३ मार्फत प्रक्षेपण गरिने छ ।

प्रोपेलेन्ट मोड्युलले ल्यान्डर र रोभरलाई चन्द्रमाको वरिपरि १०० किलोमिटरको परिक्रमामा लैजाने छ। यसमा चन्द्रमाको कक्षाबाट पृथ्वीको ध्रुवीय मापन अध्ययन गर्न स्पेक्ट्रो पोलारिमेट्री पेलोड पनि थपिएको छ।

यसअघि ७ सेप्टेम्बर २०१९ मा भारतको दोस्रो चन्द्र अभियान चन्द्रयान–२ ले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ असफल भएको थियो । यो चन्द्रमाको सतहको दक्षिणी ध्रुव नजिकै अवतरण गर्नु पर्ने थियो तर चन्द्रमाको सतहमा अवतरण गर्न लाग्दा ल्यान्डर विक्रमसँगको सम्पर्क टुटेको थियो ।

त्यसबेला प्रधानमन्त्री नरेन्द्र मोदी पनि ऐतिहासिक क्षणको साक्षी हुन बेंगलुरुस्थित इसरोको मुख्यालयसमेत पुगेका थिए। अब तेस्रो पटक चन्द्रमा मिशनमा उपस्थित हुने नहुने बारे केही तय भएको छैन । 

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ८ : २० बजे

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।