जलहरीका विषयमा मेरो कुनै सरोकार छैन : अध्यक्ष ओली « Khabarhub

जलहरीका विषयमा मेरो कुनै सरोकार छैन : अध्यक्ष ओली


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका छन् ।

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले जलहरीका विषयमा आफ्नो सरकारले पशुपति क्षेत्र विकास कोषलाई पैसामात्रै दिने काम गरेको भन्दै अन्य विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका हुन् ।

उनले संसदमा एमालेलाई बदनाम गर्न कसैले यो विषयलाई उचालेको तर्क गरे । ओलीले पशुपतिमा कसैले सुन नै खाएको भएपनि त्यो आफ्नो सरोकारको विषय नभएको उल्लेख गरे ।

ओलीले उद्घाटन र शिलान्याश गर्नेको नाम राख्ने गरिएको भएपनि यस विषयमा आफूलाई केही जानकारी नभएको जिकिर गरे ।

ओलीले वर्तमान सरकार स्वार्थसँग अडिएको पनि बताउनुभयो । अध्यक्ष ओली धान दिवसका सहभागी हुन चितवन पुगेका हुन् ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ६ : १९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक