पुटिन कमजोर हुनु थप खतरानाक : ईयू « Khabarhub

पुटिन कमजोर हुनु थप खतरानाक : ईयू


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- युरोपेली सङ्घ ईयूका शीर्ष कूटनीतिज्ञले वाग्नरको विद्रोहले दशकौं यताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कट निम्त्याएपछि कमजोर बनेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘भयानक खतरा’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

“पुटिन कमजोर हुनुले थप खतरा निम्त्याएको छ । त्यसैले हामीले यसको परिणामबारे धेरै सजग हुनुपर्छ,” ब्रसेल्समा इयू नेताहरूको भेलाअघि जोसेप बोरेलले भने ।

“अहिलेसम्म हामी रूसलाई खतराको रूपमा हेरिरहेका थियौं किनभने यो धेरै बलियो थियो र युक्रेनमा बल प्रयोग गरिएको छ । अब हामीले आन्तरिक अस्थिरताका कारण रूसलाई जोखिमकारूपमा हेर्नुपर्छ,” बोरेलले भने ।

सन् १९९९ मा वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको नेतृत्व गरेपछि पुटिनले सन् १९९९ मा सत्तामा आएयताको सबैभन्दा ठूलो चुनौतीको सामना गर्नुपरेको थियो ।

यसैबीच, ईयू प्रमुख उर्सुला भोन डेर लेयेनले विद्रोहले ‘पराकम्पन’ निम्त्याउने बताउँदै युक्रेनको सैन्य क्षमता होस् वा आर्थिक सहयोग, युक्रेनको लागि समर्थन दोब्बर पार्नु महत्वपूर्ण हुने बताइन् ।

नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार ईयूका नेताहरूसँग मध्याह्न भोजन गर्ने क्रममा वाग्नरको कार्यले रूसको ‘राजनीतिक सङ्कट र विभाजन’ उजागर भएको बताएका थिए ।

तर उनले कुनै पनि अन्तिम निष्कर्षमा पुग्न हतार हुने चेतावनी दिए ।

स्टोलटेनबर्गले आगामी महिना भिल्नियसमा हुने नेटोको बैठकमा युक्रेनलाई सैन्य सहयोग गर्ने नयाँ घोषणा हुने अपेक्षा गरेको बताए ।

युरोपले ‘युद्धको समयमा र पछि’ युक्रेनलाई समर्थन गर्दै लामो यात्रा’ का लागि युक्रेनलाई सहयोग गर्नुपर्ने भन्दै बोरेलले ‘युक्रेनी रक्षा कोष’ सिफारिस गरेका थिए ।

उनले उक्त कोषले युक्रेनी सेनाको आधुनिकीकरणमा सहयोग पु¥याउने र युद्धग्रस्त देशको सुरक्षा सुनिश्चित गर्न इयूको प्रतिबद्धता रहेको बताए ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ७ : ४९ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ