सातवटै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुँदै  « Khabarhub

सातवटै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुँदै 


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

पोखरा– मुलुकका सातवटै प्रदेशका मुख्यमन्त्रीहरू आज पोखरामा भेला हुँदै छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुन लागेका हुन् । 

उनीहरु आज र भोलि संघीयता र प्रदेशका हक अधिकारका बारेमा छलफलमा जुट्ने छन् । मुख्यमन्त्रीहरूको सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री भने भेलामा सहभागी हुने वा नहुने भन्ने बारेमा केही टुंगो लागेको छैन । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने कार्यक्रम रहेकाले कुनै टुंगो नभएको हो ।

प्रदेशको अधिकार, प्रदेशले गरेका काम तथा प्रदेशका अनुभव साटफेर गर्ने र सबै प्रदेशको साझा धारणा बनाउन सम्मेलन आयोजना गरिएको हो ।

मुख्यमन्त्री सम्मेलनमा प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा दफावार छलफल हुने र घोषणा पत्र जारी हुनेछ । सम्मेलनमा सङ्घले दिएको अधिकार र संविधानमा निर्दिष्ट भएका अधिकार प्राप्तिका विषयमा पनि छलफल हुने बताइएको छ ।

मुलुकमा प्रदेश संरचना सुरु भएपछि सातै प्रदेशका मुख्यमन्त्रीहरुको यो दोस्रो भेला हो । यसअघि पनि गण्डकी प्रदेश सरकारको संयोजनमा भेला भएको थियो । तत्कालीन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा पहिलोपटक २०७५ भदौ २१ र २२ गते पोखरामै भेला भएको थियो ।   

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ७ : २४ बजे

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष लामो जेल सजाय

रियो डी जेनेरियो– ब्राजिलका पूर्वराष्ट्रपति ७० वर्षीय जायर बोल्सोनारोलाई सत्ता

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको लाभांश घोषणा

काठमाडौं– श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीका लागि

दुबई दुर्घटनापछि आर्मेनियाले भारतसँग तेजस जेट खरिद वार्ता रोक्यो

नयाँदिल्ली- आर्मेनियाले भारतसँग गर्न लागेको तेजस फाइटर जेट खरिद वार्ता

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले बढेको छ ।

एमाले महाधिवेशन तयारी : सचिवालय बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको पहिलो सचिवालय बैठक बसिरहेको छ