भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण भइरहेछ : लिङ्देन « Khabarhub

भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण भइरहेछ : लिङ्देन


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशका शासकहरुले भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गरिरहेको टिप्पणी गरेका छन् । 

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारको ठूला काण्डमा शीर्ष नेताहरूको संलग्नता रहेको दाबी गर्दै उक्त टिप्पणी गरेका हुन्
। देशमा भ्रष्टाचार र वैदेशिक हस्तक्षेप बढेको बताउँदै उनले कुनै पनि दल भ्रष्टाचारबाट अछुतो नरहेको बताए ।

उनले भने, ‘अहिले भ्रष्टाचार बढेर गएको छ। वैदेशिक हस्तक्षेप बढेर गएको छ । भ्रष्टाचारको डंगुरमाथि बसेर देशका शासकहरू शुद्धताको मन्त्र उच्चारण गरिरहेका छन् ।’  

उनले भुटानी शरणार्थी प्रकरणलाई मात्रै हेरे पनि आफूले बारम्बार भनेको कुरालाई पुष्टि गर्ने बताए । उनले भने, हामीले भन्यौँ नेपालमा हुने सबै भ्रष्टाचार काण्डहरुमा अहिलेका ठूला हुँ भन्ने सबै दलहरू संलग्न छन् । त्यो कुरा प्रमाणित भयो। कुनै दल चोखो छैनन्।’

ठूलो भ्रष्टाचारका फाइल खुलिरहँदा दोषीलाई बचाउने खेल भइरहेको उनले आशंका व्यक्त गरे । अध्यक्ष लिङ्देनले भने, ‘ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण होस्, अहिले फाइल खोल्न बाँकी रहेको वाइडबडी प्रकरणमा होस्, प्रहरीले अनुसन्धान बढाएर जनदबाब बढेपछि सरकारमा बस्नेहरू एकातिर ठुल्ठुला कुरा गरिरहेका छन्। अर्कोतिर ठूला मान्छे र आफ्ना मान्छेलाई कसरी जोगाउने भन्ने योजनामा लागिरहेका छन्।’

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  १ : ३७ बजे

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका

झापामा दुई छुट्टाछुट्टै दुर्घटना, दुई महिलाको मृत्यु

झापा – झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले