पार्टी एकताका लागि पहल भइरहेको छ : प्रचण्ड « Khabarhub

पार्टी एकताका लागि पहल भइरहेको छ : प्रचण्ड


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि छलफल र पहल भइरहेको बताएका छन् ।

आज बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्डले एकताका लागि पहल भइरहेको बताए ।

उनले भने, ‘माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ ।’

प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका साथ देश निर्माणका लागि फेरि नयाँ फड्को मार्न जरूरी रहेको बताए ।

उनले भने, ‘माओवादी केन्द्रमा मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन। यसपटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ, त्यसका लागि नयाँ ढंगले सोच्दैछौँ। हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ। हामीले राम्रो गर्न खोज्दैछौँ। सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको छ, त्यसलाई सफा नगरी देश बन्दैन ।’

उनले पूर्वमाओवादी शक्तिहरुसँग पनि पार्टी एकताका लागि छलफल जारी रहेको बताए ।

माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले माओवादीको पहलमा नै समाजवादी मोर्चा घोषणा गरिएको स्पष्ट पारे । उनले समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने बताए ।

उनले आफूहरु विशेष महाधिवेशन गर्नेमा तयारीमा रहेको उल्लेख गर्दै यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्ने बताए । उनले भने, ‘सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजानुपर्छ।’

 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ९ : ४५ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक