रौतहटमा आमाछोरीको रहस्यमय मृत्यु, श्रीमान् फरार « Khabarhub

रौतहटमा आमाछोरीको रहस्यमय मृत्यु, श्रीमान् फरार


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको मौलापुरमा आमा छोरीको रहस्यमय मृत्यु भएको छ । मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेको रौतहट प्रहरीले जनाएको छ ।

आरुहीको शव पङ्खामा झुिन्डएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार मृतक कविताका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन् । कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ । उनको माइतीघर माधवनारायण नगरपालिका–५ मिठुअवा गाउँ हो ।

कविताका बुबा विजयशङ्कर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए । उहाँका अनुसार छोरी र ज्वाइँबीच पटक पटक विवाद हुने गरेको थियो ।

उनले बेलाबेलामा कविताले ज्वाइँ धिरेन्द्र साहले नगद, पलङ, सुनको औँठी र सिक्री माग्ने गरेको बताएको भन्दै दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको हुन सक्ने बताए ।

हालसम्म घटनाको मुचुल्का तयार गर्ने काम भइरहेको र माइती पक्षले कुनै जाहेरी नदिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १२ : ३५ बजे

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष लामो जेल सजाय

रियो डी जेनेरियो– ब्राजिलका पूर्वराष्ट्रपति ७० वर्षीय जायर बोल्सोनारोलाई सत्ता

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको लाभांश घोषणा

काठमाडौं– श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीका लागि

दुबई दुर्घटनापछि आर्मेनियाले भारतसँग तेजस जेट खरिद वार्ता रोक्यो

नयाँदिल्ली- आर्मेनियाले भारतसँग गर्न लागेको तेजस फाइटर जेट खरिद वार्ता

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले बढेको छ ।

एमाले महाधिवेशन तयारी : सचिवालय बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको पहिलो सचिवालय बैठक बसिरहेको छ