स्याङ्जाको गल्याङ नगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै « Khabarhub

स्याङ्जाको गल्याङ नगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिका–३ बल्पुकस्थित गल्याङ नगर अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै गएको छ ।

व्यवस्थापनमा सुधार, नगरपालिकाको नियमित अनुगमन, नयाँ सेवा विस्तार, स्वास्थ्यकर्मीको उत्कृष्ट सेवा, स्थानीय नागरिकको विशेष निगरानी हुन थालेपछि १५ शय्याको नगर अस्पतालमा बिरामीको चाप बढेको हो ।

अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आवमा झण्डै दोब्बरले बिरामीको सङ्ख्या बढेको अस्पतालका प्रमुख गुनेन्द्र रानाले जानकारी दिए । उनले अघिल्लो आर्थिक वर्षमा १३ हजार बिरामीले सेवा लिएको र चालु आर्थिक वर्षमा बीमातर्फका २१ हजार बिरामीले सेवा लिएका छन् ।

हाल अस्पतालमा चौबीसै घण्टा आकस्मिक सेवा, पेट, छाती, मुटु, ग्याष्ट्रिक, यौन, छाला, नशा, हाडजोर्नी, बाथरोग, नाक, कान, घाँटी, स्त्री रोग, बाल रोग, नेबुलाइजर, सामान्य चिरफार, दन्तरोग, ल्याब, एक्सरे, भिडियो एक्सरे, अक्सिजन, फार्मेसी सेवा, रिफर, बीमा, एम्बुलेन्सलगायतका सेवा उपलब्ध छन् ।

यहाँ सेवा लिनका लागि गल्याङ, वालिङ, चापकोट, कालीगण्डकी, पाल्पाको रम्भा, वगनासकाली, गुल्मीको कालीगण्डकी, पर्वतको बिहादीलगायतका स्थानीयतहबाट बिरामी उपचारका लागि आउने गरेका छन् ।

गल्याङ नगरपालिकाको उपचारको प्रमुख गन्तव्य यो अस्पताल २०७६ सालमा स्थापना भएको थियो । लामो समय घाटामा सञ्चालित नगर अस्पताल गल्याङ नगरपालिकाको आर्थिक अनुदानमा प्रसासनिक खर्च धनिँदै आएको थियो ।

गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले प्रशासनिक खर्चका लागि अघिल्लो वर्ष नगरपालिकाले अस्पताललाई ७२ लाख सहयोग गरेको बताए ।
नगर प्रमुख भट्टराईले निकट भविष्यमा अस्पतालमा प्रसूति सेवा, आँखा जाँच तथा उपचार सेवा विस्तार गरिने बताए । भट्टराईले नगर अस्पतालमा विशेषज्ञ डाक्टर ल्याउनको लागि पहलसमेत भइरहेको बताए ।

नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा आधुनिक र विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ । गल्याङ नगर अस्पतालकी लाभग्राही प्रतिमा भट्टराई बस्यालले अस्पतालले गुणस्तीय सुविधा दिन थालेपछि उपचारका लागि पाल्पा पोखरा जानुपर्ने बाध्यता हटेको बताइन् ।

अर्का लाभग्राही कमल भण्डारीले अस्पतालको व्यवस्थापकीय पक्ष अझै अपुग भएको बताउनुभयो । बिरामी जाँच्ने कोठा पटकपटक स्थान्तरण गरिएको भन्दै एकै ठाउँमा राख्न सुझाव दिए । बिरामी कुर्ने ठाउँमा नगर अस्पतालले पङ्खाको व्यवस्था गरिदिन पनि उनको आग्रह छ ।

हाल अस्पतालमा दुई जनरल फिजिसियन, तीन इमर्जेन्सी हेल्थ असिस्टेन्ट, तीन ल्याब टेक्निसियन, एक एक्सरे रेडियोग्राफरसहित ३० कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ३३ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल