संघीय शिक्षा ऐन तत्काल पारित गर्न गगन थापाको आग्रह | Khabarhub Khabarhub

संघीय शिक्षा ऐन तत्काल पारित गर्न गगन थापाको आग्रह


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालयलाई उच्च प्राथमिकतामा राखेर संघीय शिक्षा ऐन तत्काल पारित गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

आज स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शतवार्षिक कार्यक्रममालाई सम्बोधन गर्दै उनले शिक्षालाई व्यवस्थित गर्ने र शिक्षा ऐनको प्रारम्भ समेत नहुँदा विश्वविद्यालयहरू थला पर्दै गएको बताए । 

उनले राजनीतिक दलकै कारण विश्वविद्यालय धराशायी बन्दै गएको समेत आरोप लगाए । उनले मुलुकमा संघीय व्यवस्था भए पनि शिक्षा प्राथमिकतामा पर्न नसकेको बताए ।

उनले विगत १०–१२ वर्षदेखि शैक्षिक अवस्था ओरालो लागेको दाबी गरे ।

महामन्त्री थापाले राजनीतिक भागबन्डाका कारण विश्वविद्यालयहरू पनि कमजोर बनेको उल्लेख गरे । उनले विद्यालयहरूमा आएको सङ्कटलाई सरकारले बुझ्न नसकेको भन्दै विद्यालय शिक्षामा बजेट कम छुट्याएको प्रति असन्तुष्टि व्यक्त गरे । 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १० : ०९ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा