संघीय शिक्षा ऐन तत्काल पारित गर्न गगन थापाको आग्रह « Khabarhub

संघीय शिक्षा ऐन तत्काल पारित गर्न गगन थापाको आग्रह


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालयलाई उच्च प्राथमिकतामा राखेर संघीय शिक्षा ऐन तत्काल पारित गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

आज स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शतवार्षिक कार्यक्रममालाई सम्बोधन गर्दै उनले शिक्षालाई व्यवस्थित गर्ने र शिक्षा ऐनको प्रारम्भ समेत नहुँदा विश्वविद्यालयहरू थला पर्दै गएको बताए । 

उनले राजनीतिक दलकै कारण विश्वविद्यालय धराशायी बन्दै गएको समेत आरोप लगाए । उनले मुलुकमा संघीय व्यवस्था भए पनि शिक्षा प्राथमिकतामा पर्न नसकेको बताए ।

उनले विगत १०–१२ वर्षदेखि शैक्षिक अवस्था ओरालो लागेको दाबी गरे ।

महामन्त्री थापाले राजनीतिक भागबन्डाका कारण विश्वविद्यालयहरू पनि कमजोर बनेको उल्लेख गरे । उनले विद्यालयहरूमा आएको सङ्कटलाई सरकारले बुझ्न नसकेको भन्दै विद्यालय शिक्षामा बजेट कम छुट्याएको प्रति असन्तुष्टि व्यक्त गरे । 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १० : ०९ बजे

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन