गुरु पूर्णिमा मनाइँदै | Khabarhub Khabarhub

गुरु पूर्णिमा मनाइँदै


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, सोमबार शिक्षा दिने गुरुप्रति सम्मान व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदै छ ।

शिक्षा सभ्यता तथा संस्कृति एवं नैतिक विकासमा गुरुहरुको देनलाइ स्मरण गर्दै हरेक हरेक वर्ष असार शुक्ल पुर्णिमाका दिन गुरुप्रति सम्मान र श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाउने गरिन्छ ।

गुरु पूर्णिमाका अवसरमा सोमबार काठमाडौंको गोल्फुटारस्थीत श्रीमुक्तिनाथ सेवाश्रममा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । हिन्दू धर्मावलम्बीहरुले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहश्रनामका रचयीता तथा वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरु पूर्णिमाका रुपमा मनाउने गरेका हुन् । आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेद–वेदाङग पढाएकाले व्यासलाई प्रथम तथा सर्वश्रेष्ठ गुरु मानिन्छ ।

हिन्दू मान्यताअनुसार सङ्गीत लगायत ६४ कला सिकाउने, गायत्री–दीक्षा, मन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल र अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन भने पिता–माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका पनि गुरुकै कोटीमा पर्दछन् ।

संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपि प्रकाशले अज्ञानरूपि अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको मुक्तिपीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  २ : २० बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा

तीनजुरेमा २८ हजार गुराँसका बिरुवा हुर्काइँदै

तेह्रथुम– तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई

साइबेरियाका चरा कैलाली–कञ्चनपुरमा

कञ्चनपुर– उत्तरी ध्रुवमा चिसो बढेसँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको

लाइन काटिएका अधिकांश उद्योगमा बिजुली जोडियो

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका उद्योगमा विद्युत लाइन जोडेको