अविरल वर्षापछि आएको बाढीले हुम्लाका तीन घरमा क्षति « Khabarhub

अविरल वर्षापछि आएको बाढीले हुम्लाका तीन घरमा क्षति


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सिमकोट- सोमबार बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले हुम्लाका तीन घरमा क्षति पुर्‍याएको छ । जिल्लाको नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले क्षति पुर्‍याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिए ।

आज बिहान परेको भीषण वर्षापछि आएको बाढीले पेमा छिरिङ लामा, लुन्डुप रिञ्जिन लामा र छोईकी लामाको घरमा क्षति पुर्‍याएको हो । लेदोसहितको भल घरभित्र पसेपछि सामान, अन्नपात, भाँडाकुडा, लत्ताकपडालगायतका सामग्रीमा क्षति पुर्‍याएको उनको भनाइ छ । लुन्डुप रिन्जिन लामाको घरमा एकातर्फको पर्खाल भत्किएर घरभित्र लेदो पसेको थियो ।

बाढीले खेतीयोग्य जमिन र बालीमा समेत क्षति पु¥याएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । हाल प्रहरी घटनास्थलतर्फ गएको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ४ : ५४ बजे

नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रममा विवाद, दुई संघठनले निकाले छुट्टाछुट्टै विज्ञप्ति

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय

हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

काठमाडौं– कुमारी बैंक लिमिटेडले हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) सँग

बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले