उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट « Khabarhub

उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भ्याटिकन सिटीका गैरआवासीय राजदूत आर्चविशप लियोपोल्डो जिरेलीबीच आज लैनचौरस्थित उपराष्ट्रपति निवासमा शिष्टाचार भेटवार्ता भएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले विश्व शान्ति, सहिष्णुता र बृहत् मानव कल्याणका पक्षमा अटल विश्वास राख्ने दुई देशबीच प्रतिबद्धताका साथ विश्व शान्तिका पक्षमा उभिनुपर्ने खाँचो औँल्याए । उपराष्ट्रपति यादवले विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धबाट प्राप्त शान्तिको सन्देश विश्वसामु पु¥याउने नेपालको अभियानलाई भ्याटिकन सिटीबाट अझ बढी साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

आगामी दिनमा दुई देशबीच रहेको सौहार्दपूर्ण सम्बन्ध र सहकार्यलाई थप मजबुत र व्यापक बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन, अन्तर धर्म सम्वाद तथा हरित विकास जस्ता क्षेत्रमा थप सहकार्य गर्ने सम्भावना रहेको धारणा व्यक्त गरे ।

भेटका क्रममा उपराष्ट्रपति यादवले द्विपक्षीय सम्बन्धका विविध आयामलाई थप सुदृढ तुल्याउन राजदूत जिरेलीको सक्रिय भूमिका रहने विश्वास व्यक्त गरेको उपराष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : ३१ बजे

हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

काठमाडौं– कुमारी बैंक लिमिटेडले हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) सँग

बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको