महोत्तरीको खयरमारामा सडक कालोपत्र | Khabarhub Khabarhub

महोत्तरीको खयरमारामा सडक कालोपत्र


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबास नगरपालिका–१० खयरमाराका सडक कालोपत्र गरिएका छन् । दलित समुदायको बाहुल्य रहेको सो गाउँ विकासका दृष्टिकोणले पछि परेको ठाउँ हो । पछिल्लो समय सो क्षेत्रमा विकास निर्माणका कामले गति लिएको स्थानीय कृष्णकुमार वाइबाले बताए ।

विकासले नछोएको खयरमाराका सडक नगरपालिकाले कालोपत्र गरिदिएसँगै गाउँको मुहार नै फेरिएको स्थानीयवासी मीरा कोइरालाले बताइन् ।

बर्दिबास नगरपालिकाको ७९ लाख ७१ हजार सात सय ४९ को लागतमा खयरमाराको विद्युत्चोकबाट भरत टोल जाने बाटो कालोपत्र गरिएसँगै आवागमनमा सहज भएको स्थानीयवासीको भनाइ छ ।

यसअघि जीर्ण सडककै कारण समयमै बर्दिबास अस्पतालमा बिरामीलाई पुर्याउन नसक्दा कतिपय रोगीको सडकमै ज्यान जाने गरेको जनाउँदै स्थानीय विकास थापाले अहिले सहरका सडकभन्दा गाउँका सडक राम्रा भएपछि स्थानीयवासीमा उत्साह छाएको उनको भनाइ छ ।

सडक कालोपत्र भएपछि स्थानीय उत्पाद बजार लैजान सजिलो भएको स्थानीयको भनाइ छ । गाउँमा उत्पादन गरिएका तरकारी, आँप, उखुलगायतका बाली सहरी क्षेत्रका बजारमा बिक्री गर्न लैजान सहज भएको छ ।

बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हाद क्षेत्रीले सडक सञ्जाल विस्तारलाई नै बढी प्राथमिकता दिएकोे बताए । नगरपालिकाले पालिकाभित्रको भित्री गाउँ माईस्थान, बिजलपुरा, खयरमारालगायतका गाउँभित्रका सडक सफा र चौडा बनाइएपछि स्थानीयवासी दङ्ग छन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ११ : ०९ बजे

मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन

कास्की – मगर र गुरुङ भाषालाई गण्डकी प्रदेशमा सरकारी कामकाजको

रौतहटमा करेन्ट लागेर अमिनको मृत्यु

रौतहट– रौतहटमा ११ हजार भोल्टको करेन्ट लागेर अमिनको मृत्यु भएको

‘आम नागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छ’

नारायणगढ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आम नागरिकमा विश्वास जगाउने

आजका समाचार : सहकारीसम्बन्धी अध्यादेशमा सुझाव, एकीकृत समाजवादीका नेता माओवादी प्रवेश र सिरियामा १० जनाको हत्या

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुझाव हस्तान्तरणसत्तारुढ नेकपा (एमाले)ले प्रधनमन्त्री केपी शर्मा

जर्मनीका पूर्व राष्ट्रपति कोहलरको निधन

बर्लिन– सन् २००४ देखि २०१० सम्म अफ्रिकाका राष्ट्रप्रमुख रहेका जर्मनीका पूर्वराष्ट्रपति होस्र्ट कोहलरको शनिबार निधन