गगनलाई बालेनले व्यंग्य- 'सबैतिर कांग्रेसका भ्रातृ संगठन छैनन्' | Khabarhub Khabarhub

गगनलाई बालेनले व्यंग्य- ‘सबैतिर कांग्रेसका भ्रातृ संगठन छैनन्’


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति व्यंग्य गरेका छन्। मंगलबार एक स्टाटस लेख्दै बालेनले थापालाई आफूले भनेको कुरा पूरा गर्न चुनौती दिएका छन् ।

महामन्त्री थापाले सोमबार एउटा कार्यक्रममा राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भनेका थिए । उक्त कुरालाई व्यंग्य गर्दै बालेनले लेखेका छन्, ‘माननीय गगन थापाज्यू, दलको हिजो एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नु भयो । नेपाली कांग्रेसको महामन्त्रीज्यूले नै भनेपछि, काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भ्रातृ संगठन नभएको घोषणा गर्दछौँ।’

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १० : १९ बजे

माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठक

प्रधानमन्त्री ओलीले भने- कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भो, खेलोफड्को भइराखेको छ

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट

सिरहामा १०३ किलो गाँजासहित नौ जना पक्राउ

सिरहा– यहाँको औरही गाउँपालिका–४ कमलपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित नौ

‘माधव नेपालले आदेश दिनासाथ पार्टी किन छाड्ने ?’

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले

प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका