कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा « Khabarhub

कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुलुकमा जारी मनुसुनी वर्षाका कारण देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाब बढेको छ ।

कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार अहिले तिनाउ नदीको बहाव खतरा तहमा पुगको छ । स्याङ्जा, अर्घाखाँची, रुपन्देही र पाल्पा जिल्ला बाढीका हिसाबले चेतावनी तहमा रहेका छन् । ती क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बाढी र पहिरोको जोखिम रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

बागलुङ, कास्की, तनहुँ, पाल्पालगायत जिल्लामा बाढी र पहिरोको उच्च जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन चेतावनी जारी गरिएको विभागले उल्लेख गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले पनि कोशी नदीको बहाव बढेको जनाएको छ । सप्तरी, सिरहा, धनुषा जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ । निरन्तरको वर्षाले सेती, कालीगण्डकी नदीको माथिल्लो भेगमा पानीको बहाव बढेको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १० : ४८ बजे

‘मेयर सरुवा’ बारे यसो भन्छन् उदयपुरका माननीय गेलाल

काठमाडौं- उदयपुरबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि

मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि प्रदेशसभा बैठक सुरु

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि लुम्बिनी प्रदेशसभाको

क्रियाशील सदस्यता विवाद अन्त्य गर्न पौडेलको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन