साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइँदै « Khabarhub

साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइँदै


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

रियाद– साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइने भएको छ । आतंकवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामूहिक फाँसी दिइन लागेको हो ।

प्राप्त जानकारीअनुसार मृत्युदण्ड दिन लागिएकाहरुले मस्जिदमा आक्रमण गरेका थिए । यस आक्रमणमा पाँच जनाको ज्यान गएको थियो भने कैयौं घाइते भएका थिए । यी पाँच दोषीमध्ये चार साउदी र एक इजिप्टका नागरिक छन् ।

आधिकारिक साउदी प्रेस एजेन्सीले प्रकाशित गरेको आन्तरिक मन्त्रालयको विज्ञप्तिमा आक्रमण कहिले भएको हो वा पूजास्थललाई कसरी निशाना बनाइएको थियो भन्ने बारेमा केही गरिएको छैन।

मृत्युदण्ड दिने विधिबारे पनि विस्तृत जानकारी दिइएको छैन । तर विगतमा साउदी अरबमा टाउको काटेर मृत्युदण्ड दिइने गरेको घटना सार्वजनिक भइरहेका हुन्थे, जसका कारण यो सामूहिक मृत्युदण्ड पनि सामूहिक रुपमा टाउको काटेर दिइने अनुमान गरिएको छ ।

यससँगै साउदी अरेबियाले यस वर्ष अहिलेसम्म मृत्युदण्डको सजाय पाएको कुल संख्या ६८ पुगेको छ । प्रतिवेदनले आतंकवादसँग सम्बन्धित अपराधका लागि मेको सुरुदेखि २० भन्दा बढी मृत्युदण्ड दिइएको दाबी गरेको छ।

समाचार एजेन्सी एएफपीका अनुसार गत मेको अन्त्यमा आतंकवादको आरोपमा दुई बहराइनीहरूलाई मृत्युदण्ड दिइएको थियो । गत वर्ष साउदी अरेबियाले कुल १४७ जनालाई मृत्युदण्ड दिने घोषणा गरेको थियो । यो २०२१ मा भएको ६९ जनाको दोब्बर संख्या हो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ९ : १४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु