हेलम्बुका भूकम्प पीडितका लागि सहयोग जुटाउन मिस नेपाल अनुस्का सिड्नीमा « Khabarhub

हेलम्बुका भूकम्प पीडितका लागि सहयोग जुटाउन मिस नेपाल अनुस्का सिड्नीमा


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलिया– २०७२ सालको भूकम्पबाट प्रभावित बनेको सिन्धुपाल्चोकको सोलसिंङ्ग गाउँका लागि सहयोग जुटाउन मिस नेपाल अनुस्का श्रेष्ठ सिड्नी आइपुगेकी छिन् ।

मिस नेपालको ‘ब्यूटी विथ पर्पोज’ अन्तर्गत सामाजिक सेवाका लागि अनुस्काले सिड्नीमा विभिन्न संस्था तथा कार्यक्रमहरुबाट सहयोग जुटाउने कार्यक्रम रहेको खबरहबलाई बताइन् । उनले भनिन्, ‘हेलम्बुको पिछडिएको सोलसिंङ्ग गाउँको दिगो विकास र त्यहाँका स्थानीयको आर्थिक अवस्था सुधार्नु मेरो प्राथमिकता हो ।’

गाउँमै आय अर्जनको वातावरण तयार गर्न अनुस्काले कार्पेट बुन्ने, इट्टा बनाउने, धुप बत्ति बनाउने लगायतका घरेलु उद्योग स्थापना गरी स्थानीयलाई आर्थिकरुपमा सक्षम बनाउने योजना बनाएकी छिन् ।

स्थानीय महाकालेश्वरी विद्यालयको स्तर उन्नति गर्दै तामाङ्ग, नेपाली र अंग्रेजी भाषाका शिक्षक नियुक्त गर्न आर्थिक सहयोग जुटाउने उनको अर्को योजना रहेको छ । योग्य शिक्षक उपलब्ध गराउनुका साथै गरिब र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने पनि आफ्नो योजना भएको अनुस्काले जानकारी दिइन् ।

सन् २०१५ को भूकम्पले क्षतविक्षत भएको सोलसिंङ्ग गाउँका १ सय ४० घरधुरी परिवारको अवस्था अझै दयनीय रहेको समेत उनले बताइन् । देश विदेशबाट सोलसिङ्ग गाउँको विकासका लागि सहयोग जुटाउने क्रममा सिड्नी आएकी अनुस्काले व्रिजवेन र सिड्नी लगायतका सहरमा हुने कार्यक्रमहरुमा सहभागि हुनेछिन् ।

६० लाख रुपैंया लागत अनुमान गरिएको विकास योजनाका लागि अष्ट्रेलियामा आर्थिक सहयोग जुटाउन नेपालट्युव अष्ट्रेलिया, एटएट फोएट, युएनएइ लगायतका स्थानीय मिडिया तथा संघ संस्था जुटेका छन् ।

अनुस्कालाई सहयोग गर्न सिड्नीको अलवुडमा जुलाई २० तारिखमा भव्य कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ६ : ४५ बजे

कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको

रास्वपाको पेजमा राखियो केन्द्रीय सदस्य जित्ने एक-एक नेताको फोटो

 काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पहिलो महाधिवेशनबाट

आयल निगममा वार्षिक करोडौँको ओभरटाइम भत्ता कटौती, सिफ्ट प्रणाली लागू गरिँदै

काठमान्डौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू 

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री

रासायनिक मल वितरणमा अनियमितता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल