सुत्केरीलाई घ्यू र अण्डा उपहार | Khabarhub Khabarhub

सुत्केरीलाई घ्यू र अण्डा उपहार


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्वतको जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको थालेको छ । संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो ।

चालु आर्थिक वर्षमा रु चार लाख बजेट विनियोजन गरिएको ‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’ मार्फत संस्थागत सुत्केरी भएकालाई घ्यू र अण्डा वितरण गरिएको उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।

“विसं २०७९ साउनदेखि यही असार मसान्तसम्म स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई दुई क्यारेट अण्डा र एक माना घ्यू वितरण गर्ने कार्यक्रम छ”, उनले भने, “पालिकाका–१, २, ३, ४, ७, ८ र ९ का करिब दुई सय सुत्केरीलाई घ्यू र अण्डा सम्बन्धित वडामा पुगेर वितरण गरिएको हो, वडा नं ५ लेकफाँट र ६ शालिजामा आज  वितरण गर्ने कार्यक्रम छ ।”

सुत्केरी, गर्भवती तथा बच्चा दुई वर्षको हुँदासम्मको अवस्थामा पौष्टिक आहारको व्यवस्थापन गर्नुपर्ने सन्देश प्रवाह गराउने र संस्थागत सुत्केरी सेवामा पहुँच बढाउने कार्यक्रमको लक्ष्य रहेको छ ।

लक्षित वर्ग शीर्षकमा विनियोजन भएको बजेटबाट उपाध्यक्षको सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख विन्दु शर्माले घ्यू र अण्डा वितरणका क्रममा स्वास्थ्यकर्मीबाट पोषण र पौष्टिक आहार तयार पार्ने विषयमा परामर्श पनि दिने गरिएको बताइन् ।

जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित टोलटोलमै पुगेर अण्डा र घ्यू वितरण गरिनाका साथै आमा तथा बच्चाको स्वास्थ्य परीक्षणसमेत गरिने भएकाले महिलालाई ठूलो राहत भएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  २ : ५९ बजे

देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्छ : धनराज गुरुङ

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश विकासमा योगदान गर्नेलाई

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन

इरानमा कुकुरलाई सार्वजनिक स्थलमा घुमाउन नपाइने

तेहरान– इरानका अधिकारीहरूले सार्वजनिक स्वास्थ्य, सामाजिक व्यवस्था र सुरक्षाको कारण

नेपालमा प्रति १ लाख जनसंख्याको १२ जनामा ब्रेन ट्युमर 

काठमाडौं– नेपालमा पहिलो पटक राष्ट्रिय स्तरको ब्रेन ट्युमर सम्बन्धी तथ्यांक

सुरूमै दबाबमा स्कटल्याण्ड, करणले दिलाए नेपाललाई दोहोरो सफलता

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले