कर्णालीमा लम्पी स्किनका एक लाख पशुचौपायाको उपचार « Khabarhub

कर्णालीमा लम्पी स्किनका एक लाख पशुचौपायाको उपचार


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका १० जिल्लामा लम्पी स्किन रोगबाट संक्रमित एक लाख २५ हजार ९१ पशु चौपायाको उपचार गरिएको छ ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार नौ हजार नौ सय एक पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ ।

पछिल्लो समय पशुमा लम्पी स्किन रोग तीव्ररुपमा फैलिँदै गएको छ । प्रदेशका कृषिमन्त्री भीमप्रकाश शर्माले रोग नियन्त्रण गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्रालय निमित्त सचिव राजु भुजले प्रेस विज्ञप्ति जारी गर्दै खोप अभियान तिव्र पारिएको उल्लेख गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाबाट २०७९ चैत २७ गते गाई गोरुको सिरिम र छालाको भागको नमूना केन्द्रीय पशुपछी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो ।

परीक्षण गर्दा गत वैशाख ४ गते लम्पी स्किन रोग पुष्टि भएपछि खोप लगाउन थालिएको मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिए ।

कर्णालीमा सबैभन्दा बढी सल्यानमा ३४ हजार तीन सय २८ पशुमा लम्पी स्किन देखिएको छ । सो रोगबाट मुगुमा चार सय २९ पशुचौपाया सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ९ : ५२ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका