४० माईक्रोनभन्दा कमका गुणस्तरका प्लास्टिक प्रतिबन्ध « Khabarhub

४० माईक्रोनभन्दा कमका गुणस्तरका प्लास्टिक प्रतिबन्ध


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले ४० माईक्रोन भन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले विज्ञप्ति जारी गर्दै ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध लगाएको जानकारी दिए ।

उनले प्लास्टिक झोला तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग गर्दै नगर्ने गर्नुपर्ने भएमा ४० माइक्रोनभन्दा बढीका प्लास्टिक झोला तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग गर्न आग्रह गरे । उनले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले पनि ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध गर्ने सरकारको अभियानमा सहयोग गर्न आग्रह गरे ।

फोहरमैला व्यवस्थापनसम्बन्धी आधाररेखा सर्वेक्षण २०२२ अनुसार घरपरिवार निस्कने फोहरमैलामध्ये प्लास्टिकजन्य फोहरको अंश १२ प्रतिशत, संस्थागत क्षेत्रको फोहरमध्ये प्लास्टिकजन्य फोहरको अनुपात २१ प्रतिशत र व्यापारिक क्षेत्रको फोहोरमध्ये प्लास्टिकजन्य फोहोरको अंश २२ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

प्लास्टिकजन्य फोहरका कारण हतितगृह ग्यास उत्सर्जन हुने, जलचर जीवजन्तुको मृत्युको कारक बन्ने, प्लास्टिक बाल्दा वायुमण्डल डाइअक्सिन, प्यूरान जस्ता विषालु ग्यास उत्सर्जित हुने, प्लास्टिकजन्य फोहर नकुहिने हुँदा पानीका मुहान सुक्ने, जताततै फोहर देखिने लगायतका समस्याले वातावरणीय स्वास्थ्य र मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ३ : ४७ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि