दुर्घटना रोक्न राजमार्गमा तारबार गर्ने भारतीय योजना « Khabarhub

दुर्घटना रोक्न राजमार्गमा तारबार गर्ने भारतीय योजना


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको सङ्घीय सरकारले गाईगोरुलाई सडक पार गर्न नदिन र घातक दुर्घटना हुन नदिन देशका राजमार्गहरूमा कडा तारबार लगाउने योजना बनाएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

भारतका सङ्घीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले उक्त घोषणा गरेका हुन् ।
मन्त्रीका अनुसार १.२० मिटर अग्लो तारबार लगाइनेछ र यसलाई राष्ट्रिय राजमार्ग (एनएच) –३० को खण्ड २३ मा व्यापक समाधानको रूपमा स्थापित गरिनेछ ।

“बाँसको प्रयोग गरेर निर्माण गरिएको गाईवस्तुको तारबारले पूर्ण रूपमा प्रभावकारी र वातावरणमैत्री समाधान प्रदान गर्दछ,” गडकरीले भने ।

भारतमा अत्यधिक भार, सडकको खराब अवस्था र लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको छ ।

भारतमा हरेक वर्ष करिब एक लाख ५० हजार मानिसको सडक दुर्घटनामा मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन् ।

भारत सरकारले सन् २०२४ सम्ममा सडक दुर्घटनाबाट हुने मृत्युदर ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ९ : ५३ बजे

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन