भारतको सहयोगमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन | Khabarhub Khabarhub

भारतको सहयोगमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन गरिएको छ ।

परियोजनाअन्तर्गत दैलेखमा निर्माण गरिएका तीन वटा विद्यालय भवन आज भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति, दैलेखका प्रमुख नमराज शाहीले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको रु १० करोड ८६ लाख आर्थिक सहयोगमा दैलेखमा निर्माण गरिएका लालिकाँडास्थित श्री मालिका उच्च माध्यमिक विद्यालय, बडाभैरवस्थित श्री भैरव माध्यमिक विद्यालय, बडाखोलास्थित श्री जगदीश माध्यमिक विद्यालय उद्घाटन गरिएको हो ।

यसअघि रामपुरस्थित श्री नारायण क्याम्पसको क्याम्पस भवन यही असार १८ गते नेपाल सरकारका सम्बन्धित स्थानीय निकायलाई औपचारिकरूपमा हस्तान्तरण गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

कार्यक्रममा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा, महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा ९पाण्डे०, नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्मा, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा स्थानीय समुदायका अगुवाको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ११ : ०३ बजे

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन्छ : देउवा

भक्तपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई

नेपालको पाँचौ विकेट पतन, भीम सार्की पनि आउट

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा