मेची राजमार्ग अवरुद्धले पाथीभरा आउने भत्तजन प्रभावित « Khabarhub

मेची राजमार्ग अवरुद्धले पाथीभरा आउने भत्तजन प्रभावित


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ – दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भत्तजन प्रभावित भएका छन् ।

मेची राजर्मागअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल पहिराले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भत्तजनको कमी आएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताउनुभयो ।

गत असार ३ गते राति वर्षासँगै गएको बाढीपहिराले अवरुद्ध भएको मेची राजमार्ग अझै सञ्चालन आउन सकेको छैन । पाँचथर जिल्लाको हेवा खोलामा रहेको मोटरेबल पुल बाढीले बगाएसँगै अहिले ताप्लेजुङसँग अन्य जिल्लाको सडक सञ्जालले विच्छेद भएको छ ।

विभिन्न जिल्लाका यातायातका साधन ताप्लेजुङ प्रवेश हुन नसकेसँगै पाथीभरा मन्दिर पूजापाठ गर्न आउने भत्तजनको सङ्ख्यामा कमी आएको हो । विगतमा दैनिक एक हजारको हाराहारीमा आउने भक्तजनको सङ्ख्या अहिले एक सयभन्दा कम हुन थालेको महतले बताए । समयमै पुल नबन्दा यात्रुलाई सास्ती खेप्नु परेको छ ।

ताप्लेजुङ जिल्लाबाट अन्य जिल्ला जानका लागि पाँचथरको हेवा खोलावारीसम्म पुगेर खोलामाथि बनाइएको फड्के पुल तरेर वारि पाँचथर जिल्लाबाट अर्को गाडी चढ्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ११ : ११ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका