स्कुलबाट घर फर्किँदा खोलाले बगाउँदा बालिकाको मृत्यु | Khabarhub Khabarhub

स्कुलबाट घर फर्किँदा खोलाले बगाउँदा बालिकाको मृत्यु


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कैलालीमा स्कुलबाट घर फर्किने क्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका १२ मा खहरे खोलाले बगाएर स्थानीय भिमबहादुर खत्रीको ६ वर्षीया गीता खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कुलदिप चन्दले जानकारी दिए ।

स्कुलबाट घर फर्किने क्रममा शुक्रबार बालिकालाई खहरे खोलाले बगाएको हो । उनको खोजतलास गर्ने क्रममा बगाएको भनिएको स्थानबाट करिब २ किलोमिटर तल शव भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ८ : ३७ बजे

नयाँ सरकार गठनसँगै जनजीवन सामान्य बन्दै (तस्बिरहरू)

काठमाडौं– मुलुकमा नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन

बन्दुकको बलमा गणतन्त्रको हत्या गरियो : भुपेन्द्रजंग शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले षड्यन्त्रको  चक्रव्यूह रचेर

प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षी मोदीको बधाई 

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नयाँ अन्तरिम सरकारको नेतृत्व सम्हालेकी

रोजगारीका लागि चीन जाने बढ्दै 

हुम्ला– हुम्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ