राष्ट्रिय भलिबल लिग आजदेखि सुरु हुँदै « Khabarhub

राष्ट्रिय भलिबल लिग आजदेखि सुरु हुँदै


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल  प्रतियोगिताको सातौँ संस्करण आज सुरु हुँदैछ  ।

नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा विहान ८ बजे हुने उद्घाटन खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेश तथा पुरुषतर्फ त्रिभुवन आर्मी र शैलुङ्ग बागढुङ्गा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

असार ३० गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ टिम र पुरुषतर्फ ७ टिम समावेश छन् ।

महिलातर्फ नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एभरेष्ट क्लब छन् ।

यस्तै, पुरुषमा हेल्प नेपाल, आर्मी, एपीएफ, पुलिस, गण्डकी, दावली मिलन क्लब र शैलुङ बागढुङ्गा क्लब छन् ।

प्रतियोगितामा दुवैतर्फ पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ७ : २३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु