डोटीमा घर भत्किँदा एक महिलाको मृत्यु « Khabarhub

डोटीमा घर भत्किँदा एक महिलाको मृत्यु


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटीमा घर भत्किँदा एक जना महिलाकाे मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका-५ गैराकी ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको हो।

शनिबार राति चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आन सिंह धामीको कमान्डमा गएको १० जनाको टोलीले उद्धारको कार्य गर्दा बिहान ५ बजे मलासीको शव निकालेको थियो।

घटनाको आवश्यक अनुसन्धान भइरहेको र त्यसका लागि प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमान्डमा ६ जनाको टोली खटिएको छ।

भत्किएको घरमा मृतक एक्लै रहेको उनका आफन्त तथा दिपायल सिलगढी नगरपालिका-६ का वडाध्यक्ष नरेश मलासीले जानकारी दिए। उनका श्रीमान् नेपाल प्रहरीमा कार्यरत छन्। उनी कैलालीबाट आउँदै गरेको  नरेश बताउँछन् ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ११ : २२ बजे

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको