ओखलढुंगामा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते « Khabarhub

ओखलढुंगामा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा-  ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्। शनिबार बिहान करिब साँढे १० बजेतिर स ७ प ८६८४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक मानेभञ्ज्याङ गाउँपालिका ५ का ३५ वर्षीय उत्तम राई र मोटरसाइकलको पछाडि बसेका सोही स्थानका ३९ वर्षका दान बहादुर श्रेष्ठ घाइते भएका छन्। उनीहरूको टाउको र अनुहारलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

मानेभञ्ज्याङ गाउँपालिका ५ को हिट्टी भन्ने स्थानको दक्षिण तर्फबाट उत्तर तर्फ आउने क्रममा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिए।

घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु,ओखलढुंगा पठाइएको छ। हाल उनीहरूको उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयओखलढुंगाले जनाएको छ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १ : ३२ बजे

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित