‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा बाधा « Khabarhub

‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा बाधा


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखामा ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ । असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन् ।

मानो खाएर मुरी उब्जाउने बेलामा वर्षभरि खेतीपाती गर्नका लागि गोठमा पालेका गोरु मर्न थालेपछि किसान मारमा  परेका छन् । लम्पी स्किनले गोरु मरेपछि रोपाइँ गर्न नपाएको गण्डकी गाउँपालिका–३ फुजेलका विष्णुप्रसाद पन्तले बताए ।

‘रोपाइँ गर्ने बेलामा गोरु मर्यो’, उनले भने, ‘धेरै किसानको गोठमा गोरु बिरामी छन्, रोपाइँ गर्न मुश्किल भएको छ ।’ लम्पी स्किन रोगका कारण हल गोरु नै मरेपछि निरास बनेका पन्तले अब रोपाइँ गर्नका लागि ट्याक्टर खोज्न थालेको बताए ।

रोपाइँ गर्ने बेलामा गाउँमा लम्पी स्किनले गोरु मर्न थालेपछि किसानलाई रोपाइँको चिन्ता परेको छ । ‘खेताला पनि पाउन गाह्रो छ’, पन्तले भने ।

लम्पी स्किनले गोरु मरेपछि सहिद लखन गाउँपालिका–६ घैरुङका किसानलाई पनि रोपाइँ गर्न समस्या भएको स्थानीय चेतबहादुर गुरुङले बताए । ‘कसैको हल गोरु नै मरेको छ, कसैको एउटा मरेर हलपाटे बनेको छ’, उनले भने, ‘जसको गोठमा गए पनि गोरु बिरामी छ भन्ने मात्र जवाफ आउँछ  । गोरु नपाएर अहिलेसम्म खेत रोप्न पाएको छैन ।’

गोरखामा लम्पी स्किन फैलँदै गएको भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रकी प्रमुख डा शर्मिला कुमालले बता‍इन् । जिल्लामा हालसम्म आठ हजार तीन सय ३९ पशु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । यस रोगबाट एक सय चार  गोरु मरिसकेका छन् । जिल्लाका ११ वटै स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमण फैलिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १ : ५९ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार