उजीरसिंह खेलकुद रङ्गशाला निर्माणमा ढिलाइ « Khabarhub

उजीरसिंह खेलकुद रङ्गशाला निर्माणमा ढिलाइ


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

तिलोत्तमा- बुटवल उपमहानगर–१३ स्थित उजीरसिंह खेलकुद रङ्गशाला निर्माणमा ढिलाइ भएको छ ।

लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राख्दै प्रदेशस्तरीय रङ्गशाला बनाउने उद्देश्यले काम अगाडि बढाएको थियो । प्रदेश सरकारले प्राथमिकतामा राखे पनि निर्माण प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन ।

वन मन्त्रालयबाट जग्गा र रुख कटानका लागि अध्ययन गर्नेबाहेक अन्य प्रक्रिया सुरु नभएको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता मनोज गरैले बताए ।

बुटवल उपमहानगरले नै निर्माणका लागि तयारी गरेको अवस्थामा प्रदेश सरकारले उक्त योजनालाई आफ्नै अग्रसरतामा अघि बढाउन चासो देखाएको छ ।

प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०७९/८० मा पाँच करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो । आगामी आव २०८०/८१ का लागि प्रदेश सरकारले तीन करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रवक्ता गैरेले जानकारी दिए ।

‘जग्गा प्राप्ति नभएका कारण निर्माणमा ढिलाइ भएको छ’, उनले भने । रङ्गशालाको जग्गा प्राप्ति र रुख कटानका लागि प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेर गत वर्ष चैतमा सङ्घीय मन्त्रिपरिषद्मा पठाएको थियो । उक्त फाइल वन मन्त्रालयमा थन्किएको छ ।

जग्गा प्राप्तिको काम ढिला भएकाले ठेक्का तथा अन्य निर्माणका काम सुरु गर्न नसकिएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । चार बिघा क्षेत्रफलमा बन्ने उजीरसिंह रङ्गशाला चारैतर्फ प्यारापिट राखेर झण्डै २० हजार दर्शक अटाउने गरी बनाउन लागिएको हो ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  २ : ४२ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु