सडक विस्तारमा अवरोध नपुर्‍याउन हेटौँडाकी नगरप्रमुखको आग्रह | Khabarhub Khabarhub

सडक विस्तारमा अवरोध नपुर्‍याउन हेटौँडाकी नगरप्रमुखको आग्रह


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सडक विस्तारमा अवरोध नपुर्‍याउन आग्रह गरेकी छिन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजारमा पर्ने सडक विस्तार गरेरै छाड्ने उनको भनाइ छ ।

बागमती प्रदेशको राजधानी रहेको हेटौँडामा बढ्दो सवारी चाप र साँघुरो सडकका कारण बजार व्यवस्थापनमा समस्या हुने गरेको उनले बताइन् । हाल सडकको दायाँ बायाँ २५ गज सडक बिस्तार गर्न लागिएको छ ।

सर्वोच्च अदालतले सडक विस्तार गर्ने गरी फैसला गरेको भन्दै उपप्रमुख लामाले फैसला कार्यान्वयन हुने बताइन् ।

“सडक साँघुरो भएकाले दुर्घटना बढिरहेका छन्, ट्राफिक व्यवस्थापनमा पनि कठिनाइ भइरहेको छ”, उनले भनिन्, “सडकका कारण हामीले गरेका राम्रा काम छाँयामा परेको अवस्था छ ।”

उनले सडक विस्तार नगर्न धम्की आएको बताउँदै सबैले सडक बिस्तारका लागि सहयोग गर्न आग्रह गरिन् ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ६ : १० बजे

आजको मौसम : तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्ल्याण्डविरुद्धको टी-२० शृङ्खलामा भारत विजयी

काठमाडौं – भारतले इंग्ल्याण्डसँगको टी-२० शृङ्खला जितेको छ। पुनेमा शुक्रबार

शनिबार कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज २०८१ साल माघ १९

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल माघ १९ गते शनिबार माघ शुक्ल

आज २०८१ साल माघ १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ १९ गते शनिबार माघ