सभापति देउवाद्वारा भैरवसिंह रावल स्मृतिग्रन्थ विमोचन « Khabarhub

सभापति देउवाद्वारा भैरवसिंह रावल स्मृतिग्रन्थ विमोचन


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको विमोचन गरेका छन् ।

भैरवसिह स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उनले राजनीतिक परिवर्तन र विकासका क्षेत्रमा पु¥याएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको कृतिको सार्वजनिकीकरण गरेका हुन्।

सो अवसरमा पूर्वप्रधानमन्त्री देउवाले अछामलगायत समग्र सुदूरपश्चिम क्षेत्रमा विकासमा एकताबद्ध भएर काम गरौँ भनी स्व रावलले भन्ने गरेको घटना स्मरण गरे । उनले, “रावलजीको अछामलाई वेग्लै जिल्लाका रूपमा स्थापित गराउन ठूलो योगदान छ, सुदूरपश्चिम क्षेत्र विकासमा पछि परेकाले सबै मिलेर काम गरी अघि बढाउनुपर्छ भनी प्रेरित गरिरहनुभयो ।”

मुलुकमा लोकतन्त्रका लागि भएको राजनीतिक आन्दोलन र परिवर्तनमा उनले खेलेको भूमिका उच्च रहेको बताउँदै सभापति देउवाले देश र जनहितका लागि रावलले देखाएको बाटोमा अघि बढन सम्पूर्ण पार्टी कार्यकतालाई आह्वान गरे ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ७ : ४८ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय