अफगानी दोभासेलाई अमेरिकामा गोली हानी हत्या « Khabarhub

अफगानी दोभासेलाई अमेरिकामा गोली हानी हत्या


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सन् २०२१ मा परिवारसहित अफगानिस्तानबाट अमेरिका बसाइँ सरेका एक पूर्व अफगान दोभासेलाई सोमबार वासिङ्टन डिसीमा गोली हानी हत्या गरिएको सीएनएनले जनाएको छ ।

प्रहरीले अहिले शंकास्पद व्यक्तिको खोजी गरिरहेको छ । ३१ वर्षीय नसरत अहमद यारको गाडीमा गोली लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको थियो ।

तालिवानले अफगानिस्तानको सत्ता कब्जा गर्नुअघि एक दशकसम्म अफगानिस्तानमा अमेरिकी सेनाको विशेष फौजसँग काम गरेका यारले गोली चलाउँदा अतिरिक्त राइडशेयर सिफ्टमा काम गरिरहेका थिए ।

प्रहरीले सार्वजनिक गरेको भिडियोमा उहाँलाई गोली हानेको केही समयपछि चार जना व्यक्ति घटनास्थलबाट भागेको देखिएको छ । शङ्कास्पद व्यक्तिको नाम भने खुलाइएको छैन ।

प्रहरीले आक्रमणकारी पक्राउ गर्ने वा सूचना दिने व्यक्तिलाई २५ हजार अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ ।

लिफ्टका प्रवक्ताले सीएनएनसँग भने, “हामी यस दुःखद घडीमा यस अकल्पनीय त्रासदीको सामना गरिरहेका नसरतका प्रियजनहरूप्रति समवेदना प्रकट गर्दछौँ ।”

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १० : ५२ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका