२३ कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी « Khabarhub

२३ कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विभिन्न २३ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरुलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै २३ वटा कम्पनीहरुलाई लिखित स्पष्टीकरण पेस गर्नेबारे पुनः स्मरण गराएको छ ।

कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीहरूलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गर्दा सम्पर्कमा नआएपछि अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।

कार्यालयले पुनः सात दिनको समय दिएर स्पष्टीकरण पेस गर्न सूचित गर्दै सो अवधिमा पनि जवाफ नआए कम्पनीहरु स्वतः कालो सूचीमा पर्ने उल्लेख गरेको छ ।

विभिन्न आयोजनामा ढिलासुस्ति र सन्तोषजनक काम नगर्ने कम्पनीलाई कार्यालयले स्पष्टीकरण सोधेको हो ।

 

 

 

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ९ : ५३ बजे

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

आज २०८३ साल असार २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २२ गते सोमबार सन् २०२६

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई