शारीरिक अस्वस्थ भएका व्यक्तिलाई ह्वीलचियर वितरण « Khabarhub

शारीरिक अस्वस्थ भएका व्यक्तिलाई ह्वीलचियर वितरण


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले शारीरिक अस्वस्थ्यताका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिको घरमै पुगेर ह्वीलचियरलगायतका सामग्री उपलव्ध गराउन थालेका छन् ।

चिकित्सकसहितको टोली लिएर नगरप्रमुख ओझाले नगरपालिकाका नौवटै वडामा रहेका शारीरिक अस्वस्थता भएका व्यक्तिको स्वाथ्य जाँच गराउने, निःशुल्करूपमा औषधि उपलब्ध गराउने कार्यसँगै आवश्यकताका आधारमा ह्वीलचियर र दिसापिसाब गर्न प्रयोग हुने प्लाष्टिकको कुर्सी निःशुल्क उपलव्ध गराउन थालेका हुन् ।

अहिलेसम्म नगरपालिकाका वडा नम्बर १, २, ८, ९ का आधा दर्जन बढी व्यक्तिलाई सहायक सामग्री उपलब्ध गराइएको उनको भनाइ छ ।

नगरपालिकाका नौवटै वडाका ३२ शारीरिक अस्वस्थता भएका व्यक्तिलाई सहायक सामग्री र चिकित्सकीय सेवा घरदैलोमै पुगेर उपलब्ध गराउने लक्ष्य रहेको प्रमुख ओझाले बताए ।

नगरपालिकाको महिला तथा बालबालिका शाखामा ह्वीलचियर र कुर्सी उपलब्ध गराउनका लागि निवेदन सङ्कलन गर्ने कार्य भइरहेको छ । हालसम्म सहायक सामग्रीका लागि २९ जनाले निवेदन दिएका छन् । शाखामा निवेदन दिने कार्य जारी रहेको छ ।

शारीरिक अस्वस्थताका कारण उपचार पाउन नसकेका व्यक्तिलाई घरमै पुगेर सहायक सामग्रीसहित चिकित्सकीय सेवा उपलब्ध गराउने पहिलो नगरपालिका कृष्णपुर बनेको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  १२ : ४५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज